शैक्षिक सत्रको पहिलो हप्ता : तेजस्वी ढकाल

Published Date: July 23, 2017


एक महिना लामो बिदा पछि बैशाख १४ गते बिद्यालय खुल्दा म निकेै खुसी थिएँ । साथीभाइसगँ भेट्ने उत्साह त अर्कै हुन्छ तर बिद्यालयमा के के गर्न पाइने हो सोचेर म अझै फुरुङ्ग भएकी थिएँ । अरु बिद्यालय भएको भए हामी पनि नयाँ बर्षमा किताबहरूको भारी गृहकार्यको रास र पढाइको बोझले थिचिने थियौँ होला । झले थिचिने थियौँ होला ।

     तर हाम्रो बिद्यालय पाठशाला अरु बिद्यालय जस्तो होइन । कतिपय स्कुलमा त बिद्यालय लागना साथ पढाइ सुरु गराएर पाठ सिध्याउन थालीन्छ । तर हाम्रो बिद्यालयमा भने नयाँ वर्षको सुरुवात अतिरिक्त क्रियाकलापका साथ हुन्छ । यहाँ तुरुन्तै पढाइ हुँदैन ,बरु पहिलो हप्ता अनेकौ थरि खेलहरु खेलाइन्छन् । जस्तै गीत, सङ्गीत, नाटक र मनोरञ्जन हुन्छ । विद्यार्थीहरु परिचय खेल, जोडा मिलाउने खेल, हजुरआमाको सन्दुक, स्टार गेम, रिले रेस, अनुमान गर्ने खेल तथा अन्य सिर्जनात्मक कार्यहरमा संलग्न हुन्छौँ । चार्ट बनाउने, कक्षाकोठा सजाउने, क्यालेन्डर र नयाँ डायरीको वितरण , कार्यतलिकाको जानकारी गराइन्छ । हाजिरी राख्ने , कापी , कलम बाड्ने, कापीमा धर्कां तान्ने, विषयगत फोल्डर र ट्रे  सजाउने आदि सबै कार्य पहिलो हप्ताको कार्यक्रममानै हुन्छन् ।

साथीहरु हम्रो विद्यालयमा हरेक विषयमा आ आफ्नै किसिमका अन्तसम्बिन्धीत क्रियाकलापहरु गराइन्छ । कुनैमा प्रकृति र राष्ट्रका गीत गाउने , भाव बुझाउने, चित्र कोर्ने, रङ भर्ने त कुनैमा लक्ष्य निर्धारण गर्ने, आत्मकथा लेखन, जीवनी लेख्ने कथा सुन्ने , फिल्म हेर्ने , कविता लेख्ने, रोचक तथ्य र गम्भिर जानकारीका कुरा गर्ने कार्यहरु भए थिए । साथीहरुसँग मिलेर सिक्ने कक्षा तथा भ्रमण र अवलोकनमा जाने वातावरण सफाइ र संरक्षणसम्बन्धी कार्य गर्ने , विशेष तथा देश विदेशका महत्वपूर्ण गहन विषयमा विचार पोख्ने , अनेक सिप कला विकास गर्ने मौका पाउनाले सैक्षिक सत्रको पहिलो हप्ता ज्यादै्र रमाइलो हुन्छ ।

म कक्षा दसमा हुनाले हामीलाई पनि आफ्नै स्तर अनुसारका विभिन्न कार्यहरु गराइए । पहिलो दिनमा त आफ्नो नामसँग विशेषण जोडेर आफूलाई मन पर्ने नपर्नै कुरा लेखेर परिचय खेल खेल्यौँ । आफूलाई संसारमा  सबैभन्दा विशेषलाग्ने प्रतिकको चित्र बनाइ त्यसको वर्णन गरेर आफ्नो प्रेरणाको स्रोतबारे कुरा गर्यौँ । नेपालीमा प्रकृतिप्रेमको गीत सुन्दा आफू भित्रको राष्ट्रभाव उजागर भएझै लाग्यो । पहिलो हप्तामा हामीले अग्रेजी ,विज्ञान र गणित विषयका सूत्रहरुको क्रमश वा जोडी खोजी मिलाउन े थुपै्र खेल खेल्यौँ । पहिलो हप्तामै हामीले कृष्ण धरावासीको चर्चित फिल्म झोला र अर्को गाणित सम्बन्ँधी भिडियो पनि हेर्न पार्याैँ । अझ सामाजिकमा खेलेको एक, टु , तिन, फोर,पाँच, सिक्स भन्दै अग्रेजी र नेपालीका अंक मिसाएर भन्ने खेल साहै मजाा लाग्दो थियोृ । हामीले अन्य सन्देशपूर्ण कथा सुन्यौँ । थरि थरिका विषयहरुमा सिर्जनात्मक कार्य गर्यौँ । कविता लेख्ने , बाङ्गो उत्तर लेख्ने खेल खेल्यौँ । कापी र फोटो फरमेटिङ गर्यौँ । विभिन्न किसिमका चार्टहरु बनाइ कक्षा कोठालाई सुन्दर रुपमा सजायौ । मनै मनमा मलाई पहिलो हप्ता कहिल्यै नसकियोस् भन्ने लागिरह्यो । यसरी साथीहरुसँग मिलेर कामा गर्न पाउँदा मैले नेतृत्व , निर्देशन र सहकारिता जस्ता गुणहरु  सिकँे । खेलकुद, चित्र, गीत, कथा,  जीवनी, दैनिकी लेखन लगायत अतिरिक्त क्रियाकलापमा संलगन हुन पाउँदा फेरि कक्षा १, २ मा पुगेझैँ लाग्यो । पहिलेका ७ दिन मैले कितावी ज्ञानको सीमाबाट निस्केर अन्य क्षैत्रका सिप कला र क्षमता सिकने मौका पाएँ । विशेष क्रियाकलापद्वारा महत्त्वपूर्ण बिषयको ज्ञान पनि बढ्यो र पढाई सुरु गर्न  उत्साह र उमङ्गले भरिएको वातावरण सिर्जना भएकाले म पढ्नप्रति अझ बढी जागरुक भएँ ।

हामीले विधालय आउना साथ पुस्तक खोल्नु परेन बरु बिभिन्न क्रियाकलापका साथ सिक्ने अवसर पायौँ ।
र यो नै त पढन शैली हो । यहाँ पाठ्य पुस्तकबाट मात्र पढाइ नभएर विशेष सिपमूलक र कलात्मक माध्यमबाट सिकाइन्छ ।
कक्षा दसमा समेत शैक्षिक सत्र यस्तो रमाइलो  हुन छ भन्ने मैले सोचेकी थिइनँ । तर पहिलो हप्ता यो अनुभव मलाई जीवनभर याद रहने छ ।
– तेजस्वी ढकाल