मानिसको परीक्षा – सराहना खड्का

Published Date: July 26, 2018


एका देशमा एउटा ठुलो तर अस्तव्यस्त सहर थियो । त्यहाँ ठुला ठुला भवनहरू थिए । त्यहाँ धेरै धनी धनी मानिसहरूको बसोवास थियो । अनि केही त धेरै गरिब मानिसहरू  पनि थिए । गरिब मानिसहरू  धेरै जसोबाट अपहेलित  हुन्थे । तर त्यही सहरमा मनुष्यता घट्दो अवस्था थियो अनि नैतिकता र सहयोगी भावनाको चरम अभाव थियो । मानिसहरूलाई आफ्नो सम्पत्तिको खुब घमण्ड थियो । मात्र केही व्यक्तिहरू  मनवीय धर्मको पालना गर्थे ।

त्यस्तै केही व्यक्तिहरूमध्ये चेतन एक थियो । उसका आमाबा पहिले धेरै गरिब थिए । आफ्नै सङ्घर्ष र मिहिनेतले उसले आफ्नो परिवारको आर्थिक स्थिति सुधारेको थियो । गरिबको पीडा बुझेको चेतन न त धनको घमण्ड गथ्र्यो न त धनको लोभ ।

उसको काकाको छोरा मन भने आफ्नो पिताको सम्पत्तिको घमण्ड गथ्र्यो । जे पायो त्यही कुराहरूमा पैसा खर्च ग¥र्यो । यो उसको मात्र स्वभाव थिएन् । सहरका थुप्रै मानिसको स्वभाव यस्ते थियो ।

यस जगतमा भइरहेका सबै क्रियाकलाप स्वर्गबाट भगवान् हेर्दै थिए । उनलाई पृथ्वीमा थोरै मात्र राम्रा मानिस छन् भन्ने कुराको बोध भएपछि उनी पृथ्वीबाट घमण्ड घटाउन र सबैलाई शिक्षा दिन भनी आफँै धर्तीमा आए, एउटा माग्नेको रूप लिएर । उनी मानिसको परीक्षा लिन र असल मानिसलाई वरदान दिएर अन्य सबैलाई शिक्षा दिन चाहन्थे ।

भगवान यसरी नै महिनौँ र बर्सौँ भौतारिए, माग्नेको स्वरूपमा तर कोही उनको परीक्षामा सफल हुन सकेन । निःस्वार्थीहरू  आफुले गरेको दानको घमण्ड गर्थे, लोभीहरू  दान नै दिँदैनन्थे ।

एकदिनको कुरो हो, माग्ने मन्दिरका भर्‍याङहरूमा सुतिरहेको थियो । उसका अगाडि एउटा टिनको बटुको थियो, त्यो बटुको खाली थियो । अरू बुधबार जस्तै त्यस मन्दिरमा धेरै भिडभाड थिएन । चेतन र मन त्यही दिन मन्दिर गएका थिए । उनीहरू जाँदा मन्दिर खाली थियो । मात्र माग्ने थियो । भगवानलाई चढाउन चेतनले केही चामल बोकेकोे थियो । मन भने खाली हात आएको थियो ।

भ¥याङमा सुतेको माग्ने देखेर मनले भन्यो “ए माग्ने ! यसरी सबै द्घार नै छेकेर किन सुतेको हँ ? हट् यहाँबाट”, त्यसपछि उसले झर्किँदै चेतनलाई भन्यो, “दाइ, हिजो आज यस सहरमा कति माग्ने ? दिक्क लागि सक्यो मलाई त ।” चेतनले भने केही भनेन । माग्ने बिस्तारै उठ्यो र अलि पर गई बस्यो ।

उनीहरू पूजा गरेर फर्के । फर्किंदा त माग्नेलाई ढलिरहेको देखे । सबै कुरा छाडेर चेतन भने माग्नेको सहयोग गर्न गयो । मन चाँिह माग्ने भन्दा परै बस्यो ।

“के भयो तपाईंलाई ? आउनुस् यहाँ बस्नुस्, यो पानी पिउनुस् भन्दै चेतनले माग्नेलाई पानी दियो । माग्नेले भन्यो, “खाना” । चेतनले जुरुकक् उठेर टपरी लिन गयो । तर टपरी भने हिलोमा खसेको रहेछ  । मात्र दुई गेडा अन्न थियो टपरीमा चाहिँ ।

“अहिले त यति मात्र छ मसँग ।”,  उसले टपरी र दुई गेडा अन्न माग्नेलाई दियो । ऊ छिटो कुद्दै नजिकैको पसलबाट केह फलफुल किनेर फर्कियो । उसले माग्नेलाई त्यो फलफुल पनि दियो । त्यसपछि त आँखा झिम्काएको गतिमा माग्ने त्यहाँबाट हरायो र त्यहाँ भगवान प्रकट भए । उनले भने, “चेतन तिमीले मेरो परीक्षामा उत्तीर्ण गर्‍यौ । तिमी सबैको लागि उदाहरण हौ । लाऊ यो दुई दाना अन्न तिम्रो, तिमी नै राख । यो म सुन बनाइदिन्छु ।  यो मेरो वरदान हो” ।

चेतन छक्क पर्‍यो, मनमा पश्चाताप भयो । असल मान्छे जहिल्यै असल हुन्छ । चेतनले त्यो सुनका दुई गेडा समाजसेवामा नै खर्चियो ।

चेतनको र उसको असल बानी सबैले थाहा पाए । उसबाट धेरैले सहयोग गर्ने र घमण्ड नगर्ने शिक्षा पाए । त्यो घटना देख्ने मन चाहिँ जीवनभरि पश्चातापमै बाँच्यो तर कहिल्यै सुध्रिएन ।

 

सराहना खड्का

कक्षा : नौ