तेह्र दिने यात्रा संस्मरणको टिपोट – धर्म पोखरेल

Published Date: July 26, 2018


काठमाडौँबाट भैरहवासम्मको यात्रा

आजकल मलाई जुनसुकै कुरो लेख्न पनि डर लाग्न थालेको छ किनभने हामीले देखेका र लेखेका कुराहरू बेकामे ठान्ने मानिसहरूको हाम्रो समाजमा कमी छैन । आफू कतिपटक पुगियो तर लेखिएन जाबो एकपटक के पुगेको थियो लेखिहालेछ भन्ने मानिसहरूसँग मलाई डर लाग्छ र दया पनि । त्यसैले मलाई लेख्न मन लाग्दैन । फेरि सोच्छु बेलायत त धेरै पुगेका थिए तर ताना शर्माले मात्र किन लेखे ? पोखरा र काठमाडौ कति मानिस आइपुगे तर थोरैले मात्र लेखे । देख्ने जति सबैसँग लेख्ने कला हुँदैन त्यसैले सबैले लेख्दैनन् । कसैले त लेख्नै पर्छ । यही सोचेर मभित्र लेख्ने प्रेरणा जाग्छ र म लेख्न बस्छु । तर पनि अनगिन्ती निरुत्साहित भावनाहरूले मभित्र डेरा जमाउँछन् । यिनै भावनाहरूसँग सङ्घर्ष गर्दै म लेख्न बस्छु र लेखिरहन्छु ।

यात्रा मेरा लागि मात्र नभएर सबैका लागि खुसीको विषय हो । त्यसमा पनि यात्रामा नयाँ उद्देश्य लिएर नयाँ ठाउँ चयन गरिए यात्रा अझै प्रभावकारी हुने कुरामा कुनै दुई मत छैन । यसमा अझ मन मिल्ने साथीहरू यात्रामा सहभागी भए त यसको रौनक र रङको वर्णन गर्न शब्दहरूको सामथ्र्य नै रहन्न किनभने ती यात्राहरू जतिसुकै लामा र चुनौती पूर्ण भए पनि सामान्य नै लाग्दछन् ।

समयले नै जस्तोसुकै विषम परिस्थितिसँग मुकाविला गर्न सिकाउँदो रहेछ । मिति २०७४र९र२५ गते तेह्र दिने लामो शैक्षिक भ्रमणको योजना लिएर म कक्षा नौका विद्यार्थीहरूसँग निस्किएँ । मैले जीवनमा यति लामो यात्रा आठ वर्षको उमेरमा भारतको तातोपानी जाँदा २०३९ सालतिर गरेको थिएँ । त्यतिवेला मलाई असजिलोपन, चुनौतीको मुकाविला, यात्रा व्यवस्थापनको योजना केही आवश्यकता थिएन । आज भने सवैको अनुभूति हुँदै थियो किनभने त्यतिवेला मेरा बुबा आमा मेरा साथमा हुनुहुन्थ्यो । आज भने म आफै बुबा आमाको जिम्मेवारी बहन गर्दै लामो यात्रामा निस्केको थिएँ ।

नयाँ बानेस्वर स्थित पानी ट्याङ्की छेउमा बिहानको ठिक छ बजे भेट्ने पूर्वयोजनाअनुसार सामानहरूसहित म ठिक ५ः १५ बजे तिर घरबाट निस्किएँ । अघिल्लो दिनमा नै सुटकेसमा बोक्नुपर्ने सामानहरू व्यवस्थापन गरिसकिएकाले मलाई त्यति गाह्रो थिएन । हात मुख धोएर

स्कुटी चलाइउँदै अगाडि बढ्ने क्रममा बालकुमारी पुल कट्ने बित्तिकै चिसोले स्कुटी बन्द भयो । घुम्न जाने सत् प्रतिशत मेरो इच्छामा तुरुन्तै ब्रेक लाग्यो । पम्चर भएको हो कि भन्ने लागेर हेरेँ त्यस्तो केही देखिएन । केहीवेर ठेलेपछि फेरि सुचारु हुँदा खुसीको सीमा रहेन । म अगाडि बढेँ । कोटेश्वर चोक कटेर केही अगाडि बढेपछि थाहा भयो सामान सुट्केसमा नअटेर प्लास्टिकमा हालेर एउटा पोको

बनाएको थिएँ त्यो खसेछ । त्यसमा राखिएका सामानहरू त्यति धेरै महत्त्वपूर्ण नभएका र बजारमा सजिलै उपलब्ध हुने ठानी म सरासर अगाडि बढेँ । मिनभवन क्याम्पस गेट अगाडि पुग्नेबित्तिकै फेरि स्कुटी बन्द भयो । सोचेँ जीवन बारम्बार ब्रेक लाग्दै अगाडि बढ्दो रहेछ र बढिरहनेछ मृत्यु पर्यन्त पनि । फेरि ओर्लिएर ठेल्न थालेँ । त्यो समयमा याद भयो कि विद्यार्थीहरूको सम्पूर्ण नामावली, समूह विभाजन गरिएको फाराम र सम्पर्कसूत्र भएको महत्वपूर्ण सामान अघि खसेको फायलसँगै खसिसकेका रहेछन् । फिर्ने मनस्थिति नभएको र समय पनि कम भएको अवस्थामा म स्कुटी डोहो–याँदै बानेश्वर चोकसम्म पुगेँ । त्यसपछि फेरि स्कुटी सुचारु भएकाले पानी ट्याङ्कीसम्म पुगेँ । त्यहाँ पुग्दा विन्दु मिस र केही विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति भैसकेको थियो । सुट्केस त्यहीँ छोडेर म स्कुटी थन्क्याउन पाठशालातिर लागेँ । स्कुटी थन्क्याएर पानी ट्याङ्की छेउमा आउँदा धेरै विद्यार्थीहरू र अभिभावकहरूको उपस्थिति भैसकेको थियो भने केही शिक्षक र विद्यार्थीहरू आउने क्रममा थिए । प्रधानाध्यापक अनिता कुमारी तामाङ, ज्योति सर, बिन्दु म्याम, उपासना म्याम र मसहित पाँच जनाको हाम्रो समूहमा विशेषतः अनिता म्यामको नै त्यहाँ समयमा उपस्थिति देखिएको थिएन । हामी शिक्षकहरूलाई दिल्ली एयर्पोटमा अनिवार्य परिचय पत्र चेक हुने भएकाले नागरिकता वा पासपोर्टमध्ये एक ल्याउनु भनिएको भए पनि विद्यार्थीहरूका लागि अनिवार्य परिचय पत्र ल्याउनू भनी सूचना थिएन । अघिल्लो वर्ष भ्रमणमा गएका साथीहरूलाई सोध्दा पनि स्कुलले टिकट काट्नु अघि नै तिनीहरूको व्यक्तिगत विवरण बनाएर पेस गरिसकेकाले र हिज्जेसमेत मिलाएर नयाँ परिचय पत्र बनाइदिने भएकाले यसमा हामीले झन्झट बेहोर्नु नपर्ने मैले जानकारी पाएको थिएँ । बस छ बजे नै हिँड्नुपर्ने ठाउँमा ६ः३० मा आइपुग्यो

। गाइड आएर सबै विद्यार्थीहरूको अनिवार्य परिचय पत्र चाहिने बताएपछि हामी छक्क प–यौँ । फेरि अभिभावकहरूलाई नसोचेको दुख भयो र परिचय पत्र सङ्कलनको क्रममा साढे सात बजेसम्म कुरेपछि बल्ल बसले आफ्नो गति लियो ।

हाम्रो आजको योजना शाश्वतधाम मन्दिरको दर्शन र अध्ययन गरी भैरहवासम्म पुग्ने थियो । तर बाटोको कारण करिव चार घण्टा लाग्ने बाटो जाम र एकतर्फी बाटोको कारणले हामीले बाह्र घण्टामा पार ग–यौँ । मलेखुको ब्लु ह्याबेन होटलमा बिहानको खाना खाँदा नै बाह्र बजिसकेको थियो । शाश्वत धाम पुगेर दर्शन गरी त्यस मन्दिरको अध्ययन गर्ने हाम्रो सपनामा तुषारापात भयो । मुग्लिनको जाम बल्ल बल्ल छिचलेर अघि बढेको हाम्रो गाडी पुलिसको हातबाट फुत्किएको चोर झैँ दगुरिरहेको थियो । अगाडि गुडिरहेको ट्याक्टरलाई धक्का दिएपछि फेरि अनावश्यक फन्दामा परियो । दुईवटा गाडीमा बसेका विद्यार्थीहरूलाई एउटै गाडीमा कोच्नु सिवाय हाम्रो अर्को विकल्प थिएन । अन्त्यमा यही बुद्धि प्रयोग गरी हामी बेलुकीको दस बजे दाउन्ने पुगेर खाना खाई अगाडि बढ्यौँ । रातिको बाह्र बजे हामी हाम्रो पहिलो दिनको गन्तव्य भैरहवाको होटेल अशोका इन्टरनेसन पुग्न सफल भयौँ । केटाकेटीहरूलाई आआफ्नो कोठामा पु–यााई सुताएर करिव रातको साढे एक बजे हामीले पनि आराम र्गयौँ ।

 

 

भैरहवादेखि गोरखपुरसम्मको यात्रा

दोस्रो दिन बिहान आठ बजे चिया नास्ता गरी हामी लुम्बिनी तर्फ प्रस्थान र्गयौँ । हामीले त्यहाँ मायादेवी मन्दिर , अशोक स्तम्भ, शान्ति दीप, चिनियाँहरूले निर्माण गरेको गुम्बाको अवलोकन ग–यौँ । लुम्बिनीमा भएको मानिसहरूको भिड देखेर यसको पर्यटकीय भविष्य देखेर मनमनै म खुसी भएँ । एसियाका तारा भगवान गौतम बुद्धको पावनभूमि टेक्न पाउँदा भित्रभित्रै हृदयले भने शान्तिका गीत गाइरहेको थियो । करिव बार बजेतिर हामीले हिजोकै वासस्थानमा फर्किएर खाना खायौँ । त्यसपछि एउटा बसमा चढी करिव दस मिनेटमा हामी नेपाल र भारतको सीमा सुनौली पुग्यौँ । सुनौलीबाट १०४ किमी दूरी पारगरेपछि रेलवे स्टेसन गोरखपुर पुगिँदोरहेछ । हामी नौतनवा नगरपालिका हुँदै अगाडि बढ्यौँ । सहिद कथामा वर्णन गरिएका लखनउ, बनारस, नौतनवा आदि ठाउँको साइनबोर्डमा नाम उल्लेख हुँदा मन झनै आनन्दित भयो र पाठ पढाउँदा पढिएका र पढाइएका ती क्षेत्रहरूको याद आइरह्यो । कोल्हुई, मोहनपुर, पुरन्दरपुर, रानीपुर, वैकुण्ठपुर, रामपुर, धर्मपुर, कल्याणपुर, भगवानपुर, गायघाट हुँदै हामी अघि बढ्यौँ । राति भइसकेकाले कतिपय बाहिरी सुन्दर दृश्यहरू हेर्न र ठाउँहरूको नाम जान्नबाट हामी वञ्चित भयौँ ।

बाहिर उज्यालो छउन्जेल गाडी बाहिरको सुन्दर दृश्यले हाम्रा आँखा तानिरह्यो । भर्खरै उम्रँदै हरेको हरियो गहुँ र पहेलै फुलेका तोरीका बोटहरूले मेरो ध्यानलाई आकर्षण गरिरहेको थियो । ज्योति सरको न्यानो माया र आवश्यक पर्नासाथको उपस्थिति कम थिएन । भाइबर चलेन ज्योति, सामान ओसारपसार गर्न प–यो ज्योति, लौ न आइडेन्टी कार्ड बिर्से रे के गर्ने ज्योति, सबै काममा उहाँ नै सक्रिय र निपुण पनि हुनुहुन्थ्यो । बाटोमा रमाइलो त के भयो भने एकछिन गाडी पिसाब फेर्नका लागि रोकिएको थियो । त्यहाँ शौचालय थिएन । त्यो खुल्ला ठाउँमा केही पर गई छलिएर मूत्रविसर्जन गरी विद्यार्थीहरू फर्किएपछि मेरो पालो आयो । म त्यहाँ गएर फर्कँदा बसको छेउ आइनपुग्दै मलाई बसले छोड्यो । मैले सुरुमा त मलाई जिस्क्याउन छेउमा आइपुगेको मान्छेलाई छोडे भन्ने सोचेँ तर वास्तवमा म छोडिएकै रहेछु । मैले हत्तारमै अनिता म्यामलाई फोन गरेँ तर हामीमध्ये कसैले इन्डियाको सिम लिएकै थिएनौँ । फोन गएन र राखिदिएँ । उपासना म्याम र विन्दु म्यामले सर खोइ भनेपछि गाडी रोकिएको रहेछ । म कुद्दै अगाडि बढेँ । ज्योति सरले तपाईले स्टोरी राम्रो बनाउन जानीजानी छुट्नुभएको हो भन्दा एकछिन हाँसो उठ्यो । सोचेँ प्रत्येक प्राणीको जीवन यसै गरी छुट्दै जुट्दै अनेकौँ ठाउँमा टुट्दै अगाडि बढ्ने रहेछ । करिव तीन बजे सुनौलीबाट हिँडेका हामी ६स्३० बजेतिर गोरखपुरमा पुग्यौँ । आफ्ना सामानहरू रेल वे स्टेसनमा राखी दुई समूह बनेर नजिकैको होटलमा गएर हामीले पालो पालो गरी खाना खायौँ । यसरी हाम्रो दोस्रो दिन बित्यो ।

 

गोरखपुरबाट मुम्बई सम्मको यात्रा

म आठ वर्षको हुँदा भारतमा रहेको तातोपानी गएको बेला बुबाले रेललाई देखाउँदै भन्नुभएको थियो,  “हेर् केटा त्यो रेल हो । यसमा डब्बा डब्बा जोडिएका हुन्छन् । यो अति लामो हुन्छ । यो गाडी हिँड्ने बाटोमा हिँड्न सक्दैन । यसको आफ्नै फलामको बाटो हुन्छ । यसलाई लिग भनिन्न्छ । कहिलेकाही लिगबाट रेल चिप्लिएर ठुला ठुला दुर्घटना पनि हुन्छन् । रेलमा मान्छेको भिड बढी हुने भएकाले चोरी हुने सम्भावना पनि बढी हुन्छ । भारतमा अङ्ग्रेज सरकारले शासन गर्दा नै लिग बिच्छ्याएर रेल कुदाइदिएकाले भारतमा रेल चलेको हो । नत्र भारत पनि नेपाल जस्तै रेलबिनाको हुन्थ्यो । के गर्नु रेल त हामी पनि चढ्नुपर्ने हो तर हाम्रो त बाटो नै मिल्दैन ।” बुबाको यो भनाइ स्मरण गर्दै म गोरखपुरबाट एलटीटी सुपर एक्स्प्रेसरेलमा चढी मुम्बईतर्फ लागेँ । अँध्यारो भैसकेको हुनाले मैले त्यहाँ बाहिरी सुन्दर दृश्यको अवलोकन गर्न सकिनँ । बाहिरबाट तीव्र गतिमा गुडिरहेको रेल देखेको भित्र पसेपछि त्यो पनि सोचेजस्तो बेगमा हुइँकिएको पाइनँ । रेलभित्रै पानी चर्पी र हरेक खानेकुराको सुविधा भएकाले यात्रामा निराश बन्नुपर्ने कुनै कारण थिएन । भोलिपल्ट बिहान सूर्यका किरण धर्तीमा पर्नु अगाडि नै मैले बाहिरी दृश्यलाई नियाल्न थालिसकेको थिएँ । कतै मालवाहक रेल त कतै यात्रुवाहक रेल देखेर अनि लिगै लिग देखेर मेरो मनमा रेलको गति झैँ अनेकौँ भावनाहरू उत्पन्न भए । गरे के हुन्न ? माटो, पानी र हावामा नेपाल र यहाँ के फरक छ ? हाम्रो विकासप्रतिको दृढ़ इच्छाशक्ति खोइ ? हामी विकासका निम्ति किन, कहाँ, कहिले र कसरी चुक्यौँ । यस्तै भावनाले मेरो मन कुँडियो । मस्तिष्क रन्थनियो तर पनि यात्रा निरन्तर निरन्तर जारी थियो । लगातार ३६ घन्टा १५ मिनेटको यात्रा पछि हामी बिहानको करिब नौ बजे मुम्बई पुग्यौँ । एउटा स्थानीय गाडीमा चढेर हामी होटेल होस्ट इनमा पुग्यौँ ।

 

 

मुम्बईको पहिलो दिन

बिहानको नास्ता होटेल होस्ट इनमा गरेपछि हामीे मुम्बईको साइड सिनका निम्ति निस्कियौँ । हामीले हिन्दी फिल्मका हस्तीहरू अमिताभ बच्चनको घर (जल सा), आमीर खानको घर (बसेरा), सारुख खानको (मन्नत), सल्मान खानको (ग्यालेक्सी), अपार्ट्मेन्टलाई बाहिरबाटै अवलोकन ग–यौँ । विद्यार्थीहरूले ती स्थानहरूमा उभिएर फोटोसमेत खिचे । अमिताभ बच्चनको घर नजिकै रहेको जुहु तटको अवलोकन सँगसँगै हामीले मरन ड्राइभको पनि अवलोकन ग–यौँ । सल्मान खानको घर नजिकै रहेको राजीव गान्धी समुद्रलाई जोड्ने बान्द्रा ठाउँको पनि हामीले अबलोकन ग–यौँ । यसपछि हामीहरू नेहरू विज्ञान केन्द्रतर्फ प्रस्थान ग–यौँ । त्यहाँ विज्ञान विषयसँग सम्बन्धित साइन्स .प्रकाश ध्वनि, इकोसिस्टम प्रकाश परिवर्तनले पार्न सक्ने भ्रमहरू, मानव विकास क्रमको चित्रण, जलवायु र वातावरणसँग सम्बन्धित कोरिएका दृश्यहरूले हाम्रो मन खिच्यो । करिब दुई घण्टा त्यहाँ बिताएपछि हामीले त्यहीँ खाना खायौँ । फर्कँदा बाटोमा गाडीभित्रै साथी ज्योतिले विद्यार्थी र शिक्षकहरूसँग हिन्दी भाषामा अन्तरवार्ता लिएर भ्रमणलाई झन् रमाइलो बनाउनुभयो । यसपछि हामीहरू मुम्बईको पवित्र तीर्थस्थल सिद्धिविनायक मन्दिरतर्फ लाग्यौँ । कडा जाँचका कारण कतिपय साथीहरू र विद्यार्थीहरू मन्दिरबाहिर नै बस्नुपर्ने बाध्यताका बाबजुद पनि हामी केहीले भने मन्दिरमा गएर दर्शन ग–यौँ । गणेशको दर्शन गरिसकेपछि नजिकै रहेको गणेशको वाहन मुसाको कानमा एउटा कान थुनेर अर्को कानमा आफूले चिताएको कुरा माग्नुपर्ने नियम रहेछ । हामीले पनि आआफ्नो इच्छा अनुसारको वर माग्यौँ । त्यसपछि हामीहरू मुम्बईको फिनिक्स महल हेर्न र चाहिएका केही सामान किन्ने उद्देश्यले गयौँ । करिब दुई घण्टापछि त्यहाँ बिताएर हामीहरू गेट वे अफ इन्डिया र होटेल ताजको लागि प्रस्थान ग–यौँ । सो ठाउँबाट बेलायत नजिक भएको र अङ्ग्रेजहरू सोही बाटो भारतमा प्रवेश गरी भारतलाई उपनिवेश बनाएको कुरा पनि थाहा पायौँ । उक्त ठाउँमा हिन्दी र अन्य भाषाले भन्दा अङ्ग्रेजी भाषाले नै प्रश्रय पाउनुको कारण यही रहेछ भन्ने पनि हामीले बुझ्यौँ । हामीसँग समय थोरै भएकाले रातको एघार बजिसकेकाले पनि त्यति राम्ररी त्यसको अवलोकन गर्न नपाए पनि सामुदृक तटमा भएका यी दुई मानवनिर्मित वस्तु नजिक उभिएर फोटो खिच्यौँ । रातको एघार बजिसकेको हुनाले हामी बाहिर खाना खाएर पुनस् होटेल होस्ट इनमै फर्कियौँ र बाह्र बजेतिर मस्त निद्रामा प–यौँ ।

 

 

मुम्बईको दोस्रो दिन र गोवा प्रस्थान

करिब आठ बजेतिर बिहानको नास्ता गरी हामी वाटर किङडमतर्फ लाग्यौँ । सामद्रिक तटमा रहेको यो स्थल जलक्रीडामा रमाउनेहरूका लागि अद्वितीय ठाउँ हो भने सौन्दर्य पारखीहरूका लागि समेत अद्भुत नमुना हो । मानव निर्मित सुन्दर कलाकृतिले सजाइएको यस ठाउँमा जलक्रीडामा रमाइरहेका मानिसहरूलाई सामुद्रिक छालले झड्का दिँदा मानव मनमा उत्पन्न हुने भावनात्मक तरङ्गहरूको वर्णन गर्न जस्तोसुकै कवि मनलाई पनि आच्छु आच्छु हुने मैले अनुभूति गरेँ । नेपालबाट कक्षा नौका विद्यार्थी लिएर गएका हिम्स स्कुलका शिक्षक र विद्यार्थीहरूलाई पनि हामीले त्यहाँ भेट्यौँ । हामीले एक बजेतिर त्यहीँ खाना खायौँ र फेरि जलक्रीडामा नै रमायौँ । करिब तीन बजेसम्म जलक्रीडामा रमाएर हामीहरू गोवा जाने उद्देश्यले मुम्बई रेल वे स्टेसनतिर लाग्यौँ । हामीले स्टेसनमै खाना झिकाई खायौँ र आठ पचास बजे एल टी.टी.ए. आरएस डोरन्तो रेलमा गोवातर्फको बाटो ततायौँ ।

डोरोन्तो रेल भारतीय उत्कृष्ट रेलहरूमध्ये तेस्रो नम्बरमा पर्दो रहेछ । तीव्र गतिमा चल्ने यस रेलको व्यवस्थापन पक्ष प्रशंसनीय देखिन्थ्यो । कडा सुरक्षा व्यवस्था, समय सययमा भइरहने सफाइ र रेलभित्रै निशुल्क खानाको व्यवस्थापन यसका थप आकर्षण थिए । रेलयात्रको यो सुखद अनुभूतिमा रमाउँदै हामी बिहान पाँच बजे नै गोवा पुग्यौँ । गोवामा छ बजे अघि कुनै पनि होटेल रेस्टुरेन्ट नखुल्ने भएकाले एक घण्टा जति हामी गोवाको रेल वे स्टेसनमै बस्यौँ । समस्या के थपियो भने हामी स्टेसनमा बस्दाबस्दै एक पागल महिला आएर कुरा गर्न थालिन् । ती महिला पागल हुन् भन्ने थाहा पाउने बित्तिकै हामीले उनलाई हटाउन निकै प्रयास ग–यौँ । वरपर भेटिएका मानिसहरूसँग आग्रह ग–यौँ । तर पनि समस्या सुल्झिएन । हामीले स्टेसनबाट होटेलसम्म जान रिजर्भ गरेको गाडीमा बसेर उनी पनि त्यतै लागिन् । तिमी किन कहाँ जान हिँडेकी ? ओर्ल ! भन्दा उल्टै नेपालबाट आएकी लोयेत्रो स्कुलबाट तिमीहरूसँगै समूहमा आएकी भनेर भन्न थालिन् र हामीसँगै होटेलसम्म गइन् । पुलिसलाई बोलाएर जिम्मा लगाउनुपर्ला भनेर हामीबिचमा अलिअलि कुरा भइ नै रहेको थियो अब भने बाध्य नै भइयो । ठिक छ बजे हामीहरू कोल्मार बिच रिसोर्टमा पुग्यौँ ।

 

 

गोवामा पहिलो दिन

स्थानीय घरेलु प्रकारका होटलहरू भएको उक्त ठाउँमा पर्यटकहरूको उच्च चापले गर्दा समय र अन्य व्यवस्थापन पक्षमा नै समस्या पाइयो । छ बजे होटेलमा पुगेका हामीहरू कुर्दा कुर्दा बार बजे मात्र नास्ता गर्ने पालो आयो । नेपालकै लिटिल एन्जल्स स्कुलका आठ कक्षाका विद्यार्थी अघिल्लो दिनदेखि नै त्यहाँ पुगेर बसेका रहेछन् । नेपाली भाइबहिनीहरूलाई यसरी घुमफिरका लागि विदेशी भूमिमा देख्न पाउँदा मलाई खुसी पनि लाग्यो । ती पागल महिलालाई सम्झाउँदा नलागेपछि विन्दु म्यामले घचेटेरै गेटसम्म ल्याएर बाहिर निकाल्नुभयो । सबै विद्यार्थीहरूले खुसी भएर विन्दु म्यामको लागि ताली बजाउँदा हामी शिक्षकहरूसमेत खुसी भयौँ । नास्ता गर्नुभन्दा अगाडि नै हामीहरू समय व्यतीत गर्न गोवाको सामुद्रिक तटमा पुगी रमाइलो गरेर फर्कियौँ । बाह्र बजेको नास्तापछि कोठा व्यवस्थापन गर्न हामीलाई धेरै समय लाग्यो । सुविधा सप्पन्न कोठाहरूको अभाव र समयमा खानपान नभएकाले पनि हामीलाई गोवाले केही समय रिङ्ग्याइदियो । चार बजेतिर खाना खाएर हामीहरू गोवाको बगरमा पुग्यौँ । हामीले त्यहाँ फुटबल, भलिबल, दौड, कपर्दी र सिन्का लुकाइ खेल खेलेर केही समय मनोरञ्जन ग¥यौँ । त्यसपछि हाम्रो सम्पूर्ण समूहले गोवाको विशाल सामुद्रिक तटमा पुगेर छालसँगै हुत्तिएर रमाइलो ग¥यो । अशान्त समुद्रससँग हाम्रो अशान्त र चञ्चल मनले पनि कैयौँ अशान्त घटनाहरू साट्ने र छालसँगै बगाउने प्रयत्न ग¥यो र रमायो । जीवनका निराशा र विरसिला क्षणहरूलाई समुद्रको नुनिलो पानीमा चोपेर मैले पनि स्वादिलो बनाउने भरपुर प्रयत्न गरेँ । करिब दुई घण्टा जति समुद्रसँग जिस्किएर हामी पुनः वासस्थान फर्कियौँ । रातको बाह्र बजेसम्म विभिन्न गीत सङ्गीतमा नृत्य गर्दै रमायौँ र बेलुकाको खाना खाएर ओछ्यानमा पल्टियौँ ।

 

गोवामा दोस्रो दिन

गोवा भ्रमणको दोस्रो दिन सबैका लागि अविस्मरणीय र उल्लेखनीय बन्यो । म र ज्योति सर अनि केही विद्यार्थीहरू बिहानै सामुद्रिक सूर्योदयको दृश्य हेर्ने उद्देश्यले पाँच बजे नै समुद्रको कोल्भा तटमा पुग्यौँ । नदीको तटमा बालुवामा सिन्का लुकाइ खेल, छेलो हान्ने खेल र फाल हाल्ने खेल खेलेर आनन्द लिएको मेरो बाल्यकालीन स्वभावलाई समुद्रको तटले बुझेर पुरै किनारभरि बालुवा पस्की स्वागत ग¥यो । त्यहाँ हामीले करिव चार किमीको बिहानीको दौड सम्पन्न गर्नुका साथै सूर्योदयको सुन्दर दृश्य नियाल्यौँ र केही तस्बिरहरू खिच्यौँ । केही विद्यार्थीहरूले समुद्रको छालले तटमा मिल्कएका गँगटा, शङ्खेकिरा र ससाना माछाहरू टिपेर आनन्द लिए । फर्केर आठ बजे होटेलमा आउँदा नेपालबाट नै गएका जेम्स स्कुलका विद्यार्थीहरूसँग भेट भयो । उनीहरू पनि हामी जस्तै यात्राको सिलसिलामा पुगेका रहेछन् । तर दिल्ली, आगरा, गोवा, मुम्बई हुँदै काठमाडौ फर्कने उनीहरूको योजना भने ठिक हाम्रो विपरीत थियो । आठ बजे सबै भेला भएर नास्ता गरी हामीहरू ओल्ड गुवा चर्चतर्फ लाग्यौँ ।

सेन्ट फ्रान्सिस जेभियर पादरीको मृत्युपछि एक महिनामा उनको चिहान खनेर हेर्दा लास कुहिएको पाइएन । उनको लासलाई दस वर्षपछि चिहानबाट निकाल्दा  शरीर जस्ताको तस्तै पाइएपछि केही वर्षसम्म उनको शरीर प्रदर्शनीका लागि जस्ताको तस्तै मलेसियामा चर्चमा संरक्षण गर्ने हेतुले राखिएको रहेछ । त्यसपछि मलेसियाबाट भारतको गोआमा उनको शरीर ल्याइएको रहेछ । खुल्ला राखेको मृत शरीरबाट एउटी महिलाले उनको खुट्टाको दुई औँला टोकेर चुँडाएकीले उनको शरीर पुन खुल्ला नगरिएको र एउटा पारदर्शी बाकसमा राखिएको रहेछ । ३०० वर्ष देखि कुनै केमिकल प्रयोग नगरी आजसम्म पनि उनको शरीर सुरक्षित राखिएको कुरा हामीले जानकारी पायौँ । उनकै दैवी शक्तिका कारण गोआमा आजसम्म पनि सुनामी, भूकम्प जस्ता प्राकृतिक प्रकोप नभएको विश्वास गरिँदै आइएको रहेछ । चर्चको बाहिरी आवरण पाध्चात्य शैलीमै निर्माण गरिए पनि भित्रपट्टि निर्माण गरिएका कतिपय टुँडालहरूको दृश्यले मलाई यस चर्चको पुनर्निर्माण गरिएको हो कि झैँ  लाग्यो । धार्मिक र पवित्र स्थल भएकाले  यस ठाउँमा पर्यटकहरूको निकै घुइँचो थियो ।

उक्त चर्चको भ्रमण अवलोकन पछि हामीले बागाटोर सामुन्द्रिक तटको अवलोकन गर्‍यौँ । कोल्भा तटमा बालुवै बालुवाको मात्रै थुप्रो थियो भने बागाटोर तटमा विशाल ढुङाहरू थिए । हामीले ढुङ्गामाथि बसेर केही फोटाहरू खिच्यौँ र त्यहाँको पानीमा केहीबेर खेलेर रमाइलो गर्‍यौँ । त्यसपछि खाना खाएर हामी बाघा तटमा गयौँ । पर्यटकीय दृष्टिले उत्कृष्ट यस तटमा नौका विहारका अनेकौँ सुविधाहरू उपलब्ध भए पनि केही समय हामी त्यहाँ रमाएर प्रसिद्ध स्थल अगौडा फोर्टतिरअगाडि बढ्यौँ । सो ठाउँमा रहेको एउटा विशाल किल्लामा जडान गरिएको बिजुलीको प्रकाशले रातको समयमा नजिकै रहेको विशाल समुद्रलाई प्रकाशमय बनाउने र विविध रङमा समुद्र उज्यालिने जानकारी हामीले पायौँ । रातको समय भइनसकेकाले हामीले उक्त प्रकाशमय दृश्यको अवलोकन गर्न पाएनौँ । हामीले उक्त किल्ला र वरिपरिको दृश्यावलोकन सँगै उच्च स्थानबाट समुद्रको निरीक्षण गर्‍यौँ । उक्त ठाउँबाट हिराको व्यापारी जिमी कार्टरको विशाल र सुन्दर घरको पनि हामीले अवलोकन गर्‍यौँ । भनिन्छ हिन्दीको चर्चित फिल्म हसिनामान जाएगीको सुटिङ पनि यसै घरमा गरिएको थियो । यस्तै यस्तै दृश्यहरू हेर्दै हामीहरू ओरालो झर्‍यौँ । नजिकै हुँदा अशान्त बनेर छाल फैलाउने समुद्र टाढाबाट हेर्दा ध्यानी मौन र ज्ञानी तपस्वी झैँ शान्त देखिन्थ्यो । जसरी ससाना बालकहरू मातापिताको नजिकमा चकचके र रिसाहा देखिन्छन् अनि टाढा पुगेपछि शान्त र नम्र समुद्रको चाला पनि ठिक यस्तै देखिन्थ्यो । यसपछि हामी बिस्तारै अर्को सामुद्रिक तट कलनग्वेट पुग्यौँ । ठिक पाँच बजेर पैंतालिस मिनेट जाँदा हामी एउटा पानीजहाज (क्रुज) मा चढ्यौँ । तीन तला भएको उक्त पानी जहाजको सुरुको तलामा शौचालय र नृत्य गर्नका लागि ठाउँको व्यवस्था थियो । दोस्रो तलामा खानपिनको व्यवस्थापन र त्यसका निम्ति आवश्यक सामग्रीहरू राखिएका थिए भने माथिल्लो तलामा साँस्कृतिक नृत्यको प्रस्तुतिका लागि व्यवस्था गरिएको थियो । लगभग दुई हजार मान्छे अट्ने उक्त जहाजको माथिल्लो तलामा गएर हामीले केही माझी संस्कृतिसँग सम्बन्धित नृत्यहरूको अवलोकन ग¥यौँ । त्यसपछि सबभन्दा तलको तलामा आएर आफ्नै गीत र तालमा हामी खुब खुलेर नाच्यौँ । एक घण्टाको समयमा हामीसँग पुरै समुद्र फेरो मार्न सक्ने हविगत थिएन त्यसैले गाउँदै नाच्दै र सामुद्रिक विविध छटाहरूको रसास्वादन गर्दै सूर्यास्तको समेत अवलोकन ग¥यौँ । पानीमाथि यसरी जहाजमा बसेर नाच्न र गाउनको नयाँ अनुभूति गरी हामी सात बजेतिर होटेलमा फर्कियौँ । होटेल आइपुग्दा साढे आठ जति भएको रहेछ । बेलुकीको खाना खाएर त्यसपछि हामीहरूले विद्यार्थीहरूको सामूहिक भेला ग¥यौँ । आजसम्म हामीले गरेका कामहरूर घुमेका ठाउँहरूको बारेमा छलफल गर्न लगायौँ र बाह्र बजेतिर सुत्यौँ ।

 

 

गोआमा तेस्रो दिन र आगरा प्रस्थान

आज पनि सदाझैँ म पाँच बजे बिउँझेर दारी काटी मुख धोई बाहिर निस्कन तयार भएँ । अगिल्लो दिन चप्पलभित्र बालुवा पसेर फिता छोटो भई नतन्किएकाले खुट्टामा घाउसमेत भएकाले मलाई सामुद्रिक तटतिर जान मन लागेन । जुत्ता लगाएर ज्योति सर र केही विद्यार्थीहरू त्यता गए पनि जुत्ताभित्र बालुवा पस्ने डरले म त्यता गइनँ बरु नजिकैको पसलमा गएर कफी पिउँदै बसेँ । केही समयपछि नजिकै रहेको पसलहरूमा गई सामानहरू हेरेँ । आएर उठ्न बाँकी भएका विद्यार्थीहरूलाई उठाएँ । आठ बजे नास्ता गरी केही समय बजार गएर सामान किन्ने र फर्केर आई खाना खाएर आगरातर्फ प्रस्थान गर्ने आजको योजना भएकाले मलाई कति हत्तार थिएन । नास्ता गरी हामीले योजना अनुसार नै गोवामा केही सामान किन्यौँ र होटेलमा फर्कियौँ । म बिहानैदेखि पाठशाला नेपालको बागडोलका विद्यार्थी र शिक्षक साथीहरू पनि आज त्यहाँ आउनुहुने खबरले उत्साहित थिएँ । हामी बिहान छ बजे त्यस ठाउँंमा पुगेका भए पनि बागडोलका साथीहरू भने त्यहाँ बाह्र बजेमात्र पुग्नुभयो । कारण बुझ्दा उहाँहरू हामीभन्दा दुई घण्टा ढिलो नै रेल चढ्नुभएको रहेछ । आधा घण्टा जति मात्र हाम्रो उहाँहरूसँग भेट र कुराकानी भयो । त्यो पन पनि मेरा लागि अत्यन्तै न्यानो रह्यो । त्यसपछि हामी खाना खाएर आगरा प्रस्थानका लागि गोहाको रेल स्टेसन पुग्यौँ । स्टेसनमा केहीबेर कुर्र्नेिबत्तिकै हामी गोवा एक्सप्रेसबाट आगरातर्फ लाग्यौँ ।

 

आगरा भ्रमण

गोवाबाट हामीेले आगराको निम्ति तीन बजे प्रस्थान ग¥यौँ । रेलमा सुविधा प्रशस्त थियो । डोरन्टो जतिको राम्रो र त्यत्तिकै गतिमा यो रेल नकुदे पनि यस रेलभित्रका सिटहरू झन् फराकिला थिए । त्यसमा पनि दुईवटा डब्बामा भएका हामी बयालीस जना यात्रीहरू उपासना म्यामको विशेष पहलपछि एउटै डब्बामा भेला भएर खुसी साटासाट गरी प्रफुल्ल मुद्रामा थियौँ । खुसीको कुरो त के भने यस रेलमा सुगर फ्री चिया र कफीसमेत पिउन पाइएकाले मेरो उत्साह र खुसीको सीमा भिन्नै थियो । केही समय बाहिरी सुन्दर दृश्यको अवलोकन गरेर धीत मर्न नपाउँदै अन्धकारले धर्तीलाई अँगाल्यो । रातभरि एकोहोरो रेलको दगुराई र विद्यार्थी भाइबहिनी र साथीहरूसँगको भलाकुसारी अनि केही क्षणको आराम पछि पुनः बिहानीले पखेटा फिजाई । तुरुन्तै आँखालाई शीतलता प्रदान गर्ने रुख, बुट्यान, केराघारी , गहुँबारी, मकैबारीको हरियालीमा मेरो यात्रा बढिरह्यो । कतै उराठ लाग्दो मरुभूमितुल्य वञ्जरभूमिको दृश्य कतै चट्टाने भूमि र कतै ससाना थुम्के डाँडाँलाई नियाल्दै रेलको गतिसँगै मेरा आँखा र मन पनि बढिरहे । रेलभित्र प्राप्त हुने खाद्यपदार्थ किनेर खाँदै बाहिरी सुन्दर दृश्य हेर्दाहेर्दै पुनः सूर्यास्त भयो । बिहान चाँडै उठ्नुपर्ने भएकाले सबै विद्यार्थीहरूलाई समयमै सुत्न लगाई हामी पनि आराम गर्न लाग्यौँ । बिहान पाँचबजे मात्र हामी आगराको रेल स्टेसन पुग्यौँ । यसरी लगातार अठतिस घण्टाको यात्रापछि हामीले आगराको भूमि टेक्यौँ ।

 

 

ताज महल र आगरा फोर्टको दर्शन

आगराको स्टेसनबाट एउटा गाडीमा चढी हामीहरू होटेल डिलक्स प्लाजामा पुग्यौँ । सामानहरू थन्क्याएर र फ्रेस भएर हामीले आठ बजेतिर नास्ता ग¥यौँ । प्रेमको नगरी आगरामा हामी ताजमहल र लालकिल्ला हेर्ने मनसायले त्यसपछि ताजमहलतर्फ प्रस्थान गर्‍यौँ । शहजान राजाले प्यारी रानी मुमताजको स्मृतिमा सो महलको निर्माण गरेका रहेछन् । चौधजना बच्चाकी आमा बनेकी रानी मुमताजको भने आफ्नो चौधौँ बच्चालाई जन्म दिने क्रममा निधन भएको रहेछ ।

बयालिस एक्कर जग्गामा बत्तिस करोड रुपियाँको लगानीमा बाइस हजार कामदार लगाएर बाइस वर्षमा निर्माण गरिएको ताज महल सम्पूर्ण संसारभरिकै आकर्षण रहेछ । यसमा प्रयोग गरिएका सामान ओसार्न एक हजारभन्दा बढी हातीहरूको प्रयोग गरिएको थियो रे । यस महलको पश्चिमपट्टि लास गाडिएको ठाउँमा मस्जिद छ भने पूर्वतर्फ अतिथिहरू बस्नका निम्ति सुन्दर स्थल निर्माण गरिएको रहेछ । यसको जग काठबाट निर्माण गरिएको रहेछ र यो भूकम्प प्रतिरोधात्मक किसिमले बनेको रहेछ । यसका प्रमुख चार खम्बाहरू भूकम्पबाट ढलिहाले पनि महलतिर नढली बाहिरतिर ढल्ने भएकाले महल र शव भने सुरक्षित हुने रहेछन् । लास राखिएको ठाउँमा मस्जिद भएनिर मुख्य ढोका चाँदीबाट निर्माण गरिएको रहेछ भने अन्य ढोकाहरू रातो इँटाहरूबाट निर्माण गरिएका रहेछन् । महलको अगाडि बाउन्नवटा पानीका फोहोरा निर्माण गरिएका रहेछन् । महलभित्रबाट सबैभन्दा लामो समयसम्म ध्वनि प्रतिध्वनित हुने गरी निर्माण गरिएको रहेछ । ताज महलमा दिनमा सूर्यको किरण पर्दा र राती चन्द्रमाको किरण पर्दा विभिन्न रङ्गाकृति देखिने गरी यसको यसको निर्माण गरिएको रहेछ । राजारानीको वास्तविक शवलाई भुइँमा गाडिएको भए पनि सर्वसाधारणलाई हेर्न सजिलो होस् भन्ने हेतुले माथिल्लो तलामा यसको नक्कली शव निर्माण गरी प्रकाश दिएर प्रज्ज्वलित बनाइएको रहेछ । वास्तविक शवको वरिपरि उनान्सयपटक अल्लाहको नाम लेखिएको रहेछ । यसको भुइँको आकृति आठकुनाको (अक्टागनको) रहेछ । यसका मुख्य ढोका चाँदीबाट निर्माण गरिएका रहेछन् अनि बाँकी ढोकाहरू रातो इँटाबाट निर्माण गरिएका रहेछन् । यस महलको मुख्य आकर्षणका रूपमा पाँच भागहरू रहेछन् ः

दरबाजा, बगैँचा, मस्जिद, अतिथि कक्ष र रौजा( मुख्य शव राखिएको ठाउँ, चिहान) ।

यमुना नदीको तटमा अवस्थित ताजमहलको सौन्दर्य प्रेमको अनुपम उदाहरण बनेर हाँसिरहेको रहेछ ।

 

 

ताजमहलको अवलोकन पछि तत्कालै हामी आगराको अर्को आकर्षण आगराफोर्टतिर लाग्यौँ ।

आगराफोर्टको अर्को नाम लालकिल्ला पनि हो । चीनको विशाल पर्खाल पछि दक्षिण एसियाकै सबैभन्दा ठुलो किल्ला मानिने यो किल्ला राजा अकबरले निर्माण गर्न सुरु गरेर उनी पछिका तीन पुस्ताले निर्माण सम्पन्न गरेका रहेछन् । आवश्यकता अनुसार कोठामा तातो चिसो हावालाई मिलाएर कोठाको तापक्रम सन्तुलन राख्न राजा अकबरले कोठाको भित्तामा प्वालसमेत राखेका रहेछन् । ती प्वालहरूमा कोठालाई चिसो बनाउन परे चिसो पानी र तातो बनाउन परे तातो पानी हालिँदो रहेछ । यसै कारणले यो भवनको सौन्दर्यमा विशेष आकर्षण रहेछ । तीन लाख असी हजार वर्ग मिटर क्षेत्रफलमा निर्मित यस किल्लाको पच्चिस प्रतिशत भाग मात्र पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणका लागि छुट्याइएको रहेछ । यमुना नदीको तटमा ताजमहलको आमुन्ने सामुन्ने रहेको यस किल्लामा रातो इँटाद्वारा निर्मित चारवटा सुन्दर ढोका ( गेट) रहेछन् । चारहजार मजदुरद्वारा आठ वर्ष लगाएर विं . सं . १५७३ मा यस किल्लाको निर्माण पुरा गरिएको रहेछ । पर्यटकहरू प्रवेश गर्ने मुख्य गेटलाई अमरसिंह नाम दिइएको रहेछ । भारतीय सैनिकहरूले तुरुन्तै शत्रुहरू आफ्नो किल्लामा प्रवेश गरेको थाह पाउनका निम्ति मुख्य गेटमा नै ध्वनि प्रतिध्वनित हुने व्यवस्था रहेछ । किल्लाको सुरक्षाका निम्ति पानीमा गोही पालिने र जमिनमा जङ्गली हात्ती लगायतका जनावरहरू राख्ने गरिँदो रहेछ । गोही, हाती, कुकुर र घोडा लगायतका जनावरहरूलाई युद्धमा छोडेर त्यसको पछि लागेर त्यहाँको सैनिक पक्षले लडाइँ गर्ने जानकारी पनि हामीले स्थानीय गाइडबाट थाह पायौँ । यसको उत्तरी भाग अझै पनि भारतीय सैनिकहरूले सुरक्षाको लागि प्रयोग गर्ने भएकाले हामीले ७५ प्रतिशात भाग त घुम्नै पाएनौँ । यसै गरी दिल्ली गेट पनि सुरक्षाकै कारण देखाई सर्वसाधारणका लागि खुल्ला गरिँदो रहेनछ । आगराफोर्टको एक भागबाट ताजमहललाई हेर्दा सानो आकृति र अर्को भागबाट हेर्दा विशाल आकृति देखिँदो रहेछ । यसको कारण बिचमा भएको नदीले पार्ने दृष्टिभ्रम हो भन्ने कुरा पनि हामीले थाहा पायौँ । राजा जहङ्गीरले गुलाबी पानीले नुहाउनको लागि एउटै ढुङ्गाबाट बनाएको सुन्दर ठाउँ रहेछ जहाँ उनी सुसारेहरूको सहयोगबाट नुहाउने गर्थे रे । वि . सं . १७६१ मा हिन्दु राजाले आक्रमण गर्दा उक्त किल्ला केही ध्वस्त भएको र पर्खालहरूमा गोलीले प्वाल बनाएका दृश्यहरू पनि हामीले देख्यौँं । यस किल्लाको बिच भागमा एउटा सानो बजार रहेछ जसलाई शाही बजार भनिँदो रहेछ । दरबारका सुसारे र रानीहरूलाई सामान किन्न सजिलो बनाउन उक्त बजारको स्थापना गरिएको रहेछ । यस बजारको बिचमा एउटा ठुलो तलाउ रहेछ जहाँ राजा र राजकुमारहरू धनुकाँड लिएर माछा मार्ने प्रतिस्पर्धात्मक खेल खेल्दा रहेछन् । अहिले उक्त तलाउ सुन्दर बगैंचामा परिणत भएको रहेछ । किल्लाको भित्री भागमा अकबरले आफ्नी श्रीमती जोधाबाईको निम्ति हिन्दु मन्दिरको निर्माण गरेका रहेछन् । मन्दिर छेउमा सिसैसिसाबाट एउटा सुन्दर स्नानघर बनाइएको रहेछ जसलाई सिस महल भनिँदो रहेछ । काँचद्वारा निर्मित यस महलभित्र राजाले आफ्नो इच्छा अनुसार स्नान गर्दा रहेछन् । दुईवटा छोरीहरूका लागि राजाले दुईवटा कोठाको निर्माण गरेका रहेछन् । जेठी छोरी राजाकी प्यारी भएकीले उनका निम्ति मार्बलले र कान्छी छोरी प्रिय नभकीले रातो इँटाद्वारा उनीहरूको बासस्थानको निर्माण गरिएको रहेछ । बाल्यकालदेखि नै अकबर र वीरबलका किस्सा सुन्दै, पढदै र सुनाउने बानी भएको मलाई यस किल्लाका प्रत्येक भित्ता, प्वाल, इँटा, धारा, कोठा, बगैँचा, मार्बल सहितका सुन्दर दृश्यहरूले नसा नसा र भित्री हड्डी समेत हँसाएको अनुभूति भयो । वीरबल र अकबर राजाका कथा सम्झिँदै म होटेलमा फर्किएँ ।

 

 

दिल्ली प्रस्थान र दिल्लीमा पहिलो दिन

ताज महल र लाल किल्लाले हृदयमा गहिरो छाप लिएर थोरै स्नेहमा पग्लँदै मैले दिल्लीतर्फ नजर घुमाएँ किनभने मैले जसरी पनि ती ठाउँहरू छोड्नु नै थियो । बिहानको नास्ता गरी नौ बजे नै एउटा गाडीमा चढेर हामीले आगरालाई बाई बाई गरी दिल्लीतर्फ बढ्यौँ । बाटोमा ब्रज, मथुराका सुन्दर दृश्य हेर्दै यमुना नदीको तट हुँदै हामी दिल्ली आइपुग्यौँ । सानैमा कृष्ण चरित्रमा पढेका ती ठाउँहरू आफ्नै आँखाले देख्दा बारम्बार भगवान् श्री कृष्णको बाल्यलीला मेरा आँखा अगाडि नाच्न थाल्यो । तोरी र गहुँले सुसज्जित समथर फाँटहरूको कृषि सौन्दर्यले मेरो हृदय पुलकित भयो । एक बजेतिर हामी दिल्लीस्थित सार्थक होटलमा आइपुग्यौँ । आज घुम्ने नयाँ योजना नभएकाले गाइडको सल्लाहमा हामी करोलबाग बजारमा सामान किन्न गयौँ । सुपथ मूल्यको उक्त बजारमा कुनै पनि सामानको निश्चित मूल्य नभएकाले ग्राहक सजिलै ठगिन सक्ने कुराको मलाई अनुभूति भयो । दिनभर बजार घुमेर सात बजेतिर हामी होटेल फर्कियौँ । खाना खाएर साथीहरूलाई होटेलमा छोडी पुनस्ः साथी ज्योति र म केही अत्यावश्यक सामान किन्नको लागि बजार गएर एघार बजेतिर फर्कियौँ । भाइ उद्गमको जन्मदिन भएकाले बाह्र बजे केक काटी उनको जन्म दिन मनाएर हामीहरू सुत्यौँ ।

 

 

दिल्ली दर्शन

बिहान सात बजे नै नास्ता गरी हामीहरू दिल्लीका केही महत्त्वपूर्ण स्थलहरूको दर्शन गर्न निस्कियौँ । सुरुमा हामीहरू हामी बसेको ठाउँबाट नजिकै रहेको बिरला मन्दिरतर्फ गयौँ । मन्दिरको बाहिरी आकर्षण जति सुन्दर थियो भित्री सौन्दर्य पनि उत्तिकै आकर्षक देखियो । लक्ष्मीनारायण मन्दिरका नामले समेत चिनिने यस मन्दिरमा भगवान लक्ष्मी र विष्णुका साथै विष्णुका विभिन्न अवतारहरू (मत्स्य, कुर्म, बराहा, नरसिंह, पर्शुराम, राम, कृष्ण आदि….)  लगायत अनेकौँ देवी देवताका मूर्तिहरू स्थापना गरिएका थिए । क्यामेरा लान मनाही भएकाले र जुत्ता चप्पल समेत फुकाली पस्नुपर्ने भएकाले हामीले त्यस मन्दिरको बाहिरी परिसरबाटै एउटा तस्बिर लियौँ । कडा जाँच गरेर मात्र पठाइने यस मन्दिरको आधा घण्टाको दर्शन पछि हामीले ताल कतौरा, भित्री पौडी पोखरी, राष्ट्रपति भवन, संसद् भवन, प्रधानमन्त्री भवन, पर्यटन मन्त्रालय, सेनाको केन्द्रीय  भवन आदिलाई बाहिरबाटै नियाल्यौं । यसपछि हामी इन्दिरा गान्धी सङ्ग्रहालय पुग्यौँ । गान्धी परिवार र भारतीय राजनीतिक व्यक्तित्वहरूसँग सम्बन्धित उक्त संग्रहालयमा इन्दिरा गान्धीलाई गोली हानिएको ठाउँ र उनी ढलेको ठाउँका अतिरिक्त हामीले उनीहरूले प्रयोग गर्ने भाँडाकुँडा, कपडा लगायत शयनकक्षको समेत अवलोकन ग¥यौँ । राजा वीरेन्द्रले इन्दिरा गान्धीलाई दिएको हिरामणीजडित सानो बाकसले हामीलाई नेपालीहरूको आर्थिक स्थिति र राजपरिवारको उपहारका विषयमा धेरै कुरा सोच्न बाध्य बनाएको थियो । एक घण्टा जति यस ठाउँको अवलोकन पछि भारतकै सबैभन्दा ठुलो एम्स हस्पिटललाई गाडीभित्रबाटै नजर लगाई हामी मुस्लिम धर्मसँग सम्बन्धित पवित्र ठाउँ कुतुब मिनार पुग्यौँ । बनोट र आकारमा फरक भए पनि नेपालको धरहराको स्मरण गराउने यो किल्ला अति सुन्दर र आकर्षक थियो । यस मन्दिरको बाहिर भने कतिपय आकर्षक स्थलहरू निर्माणाधीन अवस्थामा थिए । करिब पन्ध्र मिनेटको समयमा केही तस्बिरहरू लिएर अवलोकनपछि हामी पूर्वयोजना अनुरूप नै लोटस टेम्पलतर्फ अगाडि बढ्यौँ ।

वरपर चहुर अनि शान्त वातावरण भएको र लोटसको आकृतिमा निर्मित यो भवन वास्तवमा ध्यान केन्द्र रहेछ । वरिपरि मुन्तला लटरम्म फलाएर, नजिकै पौडी पोखरी पालेर एकान्तमा आनन्दले रमाएर बसेको यो मन्दिर वास्तवमै ज्ञानी ध्यानी झैँ देखिन्थ्यो । जुत्ता चप्पल फुकालेर हामीे पनि मन्दिरभित्र पसी तीन मिनेट जति ध्यानमग्न बन्यौँ । यसको बाहिरी सौन्दर्यले टाढैबाट हामीलाई लोभ्याइरहेको थियो । जतिसक्दो छिटो शुद्ध हावालाई फोक्सोभित्र तान्दै यो रमणीय ठाउँ छोडेर हामीहरू महात्मा गान्धीको समाधी स्थल राजघाट पुग्यौँ । नेपालको आर्यघाटमा राजपरिवार र साधारण जनताका लागि लास जलाउने भिन्न भिन्न ठाउँ भएझैँ राजघाटमा पनि यस्तै चलन रहेछ । हामीले पवित्र नदी बाग्मतीलाई प्रदूषित बनाएर मुर्दाघाट बनाएर रुवाएझैँ यमुना नदीलाई प्रदूषित बनाउँदै र रुवाउँदै राजघाट हाँस्दो रहेछ । भारतीय राष्ट्रपिता र संसारभरिका सम्पूर्ण राजनीतिज्ञहरूका आदर्श र प्रेरणाका स्रोत महात्मा गान्धीको समाधिमा केही टाढाबाटै मैले पनि श्रद्धाका दुई थोपा आँसु चढाएँ । यमुना नदी जतिसुकै मैलिए पनि भारतीय नेता र नेपाली नेताहरू जतिसुकै कलङ्कित भए पनि गान्धीमा भने मैले उही उच्च देशप्रेम, पवित्र भावना, विकासको चहना र आदर्श गुणमात्र देखिरहेँ र मौन भावले एकतमासले उनैलाई हेरिरहेँ ।

 

 

केही समयको भावुकता पछि हामी सबै अक्षरधाम मन्दिरको दर्शन गर्न त्यतातिर लाग्यौँ ।

त्यहाँ पुगेपछि हामीलाई थाहा भयो अक्षरधाम मन्दिरको दर्शन पाउनु जोसुकै मानवहरूको लागि अहोभाग्य हो । खरबौँको लगानीमा पाँच वर्षमा निर्मित यस मन्दिरको बाहिरी कलाकृति र सजावटको अद्भुत वर्णन जुनसुकै कविलाई पनि शब्दमा उतार्न कठिन हुन्छ । बाहिर जस्तो अद्भुत सजावट भित्री निर्माण पनि उस्तै कलायुक्त । त्यसमा पनि अझै पानीमा विद्युतीय प्रकाशको नाटकीय चामत्कारिक प्रस्तुतिले मानवमनमा उत्पन्न हुने तरङ्गलाई कसरी वर्णन गर्नु । भगवानहरूले राक्षसहरूलाई जितेपछि उनीहरूमा घमण्ड बढ्यो । त्यही घमण्डलाई तोड्न ब्रह्मस्वरूप बालकहरू इन्द्रको तलाउ अगाडि खेल्न लागे । सुरुमा बरुणदेवले आफ्नो घमण्ड र बलको प्रयोगले तलाउमा सुनामी नै ल्याइदिए तर ब्रह्मस्वरूप बालकहरूलाई केही भएन । त्यसपछि अग्निदेव आएर सारा तलाउको पानीमा आगो बाले । उनको शक्ति पनि व्यर्थ भयो । त्यसपछि वायु आएर पुरै आँधीहुरी ल्याएर उडाउन खोजे । उनको पनि जोर चलेन । सूर्यदेव आएर आफ्नो भएभरको शक्ति प्रदर्शन गरे उनको पनि केही लागेन । अन्त्यमा इन्द्र आएर बालकहरूसँग परिचय गरी वास्तविकता बुझिसकेपछि आफू घमन्डी भएकोमा माफी मागेपछि घटना सामान्य बन्यो । यही कथावस्तुलाई वृत्तचित्र मार्फत मन्दिरको भित्तामा र नजिकै भएको पानीको फोहोरामा अभूतपूर्व तरिकाले पानी र प्रकाशको संयोजन गरेर देखाउँदा हामीहरू अचम्मित भयौँ । हामीलाई लाग्यो यो विश्वको आठौँ आश्चर्य हो । यास्तो अभुतपूर्व मन्दिरको दर्शनावलोकन पछि हामीले करिव आठ बजेबजे इन्डिया गेटको अवलोकन गर्‍यौँ । भारतीय स्वतन्त्रता दिवस नजिकिएकाले हामीले भित्र गएर सो गेटको दर्शन गर्न नपाएपनि टाढैबाट दर्शन गरी हामी वासस्थानतर्फ लाग्यौँ । दस बजेतिर खाना खाएर अक्षरधामको त्यो चामत्कारिक दृश्यको तस्बिर मन र मुटुभित्र सँगाल्दै अँगालो मारेरै निदाएछु म ।

आज यात्राको तेह्र दिन बितिसकेछ । एकातिर स्वदेशप्रेम प्यारो जन्भूमि अर्का्तिर विदेशको झिलिमिली म दोधार दोधारमै पोकापन्तुरा कसेर फर्कन तयार भएँ । मेरो त्यहाँ को थियो र घरपरिवार, आमाबुबा, दाजुभाइ, इष्टमित्र, नातागोत, जग्गाजमिन र जागिर सबै यतै । गोठगाउँ, गाईभैँसी र पाखापखेरा, बारी यतै । त्यसैले बिहानको नास्ता गरी साढे सातबजे हामी एयर्पोट तर्फ लाग्यौँ । हाम्रो दस बजेको निम्ति नेपाल उडानको टिकट भए पनि हवाईजहाज विशेष कारणले ढिलो हुने भएर दुई दसमा मात्र उडान हुनेभयो ! दिल्ली एयर्पोर्टमै यताउता भौँतारिएर हामीले त्यहीँको खाना खायौँ  । कडा सुरक्षा जाँच हुँदा हामी बयालिस जनामध्ये एक जनाको टिकट व्यवस्थापनमा समस्या भएर झन्डै बित्यास प¥यो तैपनि समस्यालाई सुल्ल्झाउँदै हामीले ठिक दुई दशमा नेपाल उडान ग¥यौँ । मैले भद्रपुरबाट काठमाडौ आउँदा यति एयरको उडानमा बाह्र हजार पाँच सय फिट माथिबाट धर्तीलाई नियाल्ने अवसर पाएको थिएँ । आज पैतिस हजार फिट माथिको विदेशी भूमिबाट कहिले डाँडाँ, वन, नदी, सडक र घरहरू नियाल्दै त कहिले कुहिरोभित्र हराउँदै र कुहिराले बनाएका सुन्दर आकृतिको स्वाद लिँदै मैले मन र आँखालाई अघाएँ । यसरी करिव डेढ घन्टाको उडानपछि हामीहरू नेपाल आइपुग्यौँ । अचम्म त के भने मान्छे उड्दै उड्दै जतिसुकै उचाइमा पुगे पनि हात, खुट्टा, आँखा र मन भने धर्तीतिरै फर्किएका हुँदा रहेछन् ।

सम्पूर्ण विद्यार्थीहरूलाई एयर्पोर्टबाटै अभिभावकहरूको जिम्मा लगाएर म पनि करिव छ बजे घरमा आइपुगेछु । घरमा आइपुग्दा मलाई महाकवि देवकोटाका यी पंक्तिहरू याद आइरहे : “म मेरो घरको राजा झुपडी नै भए पनि ।”

– धर्म पोखरेल,

नेपाली विभागीय प्रमुख