अन्तर विद्यालय कथा लेख्न प्रतियोगितामा मेरो अनुभव : नस्वा जोशी

Published Date: May 23, 2018


एक सुनौलो बिहानीमा म सदा झैँ उठेर तयार भएँ । तर, तयो दिन अरु दिन भन्दा अली फरक थियो । मेरो मुटु बिहानै देखि नै ढुकढुक गरि रहेको थियो । किनभने त्यो दिन अन्तर विद्यालय कथा लेखन प्रतियोगीता हुने दिन थियो र पाठशालाको एक प्रतिनिधी म पनि थिएँ । मलाई मेरो विद्यालयकी गुरुआमाले यस प्रतियोगिताका लागि छनोट गर्न भएको थियो । र प्रतियोगिताका लागि चाहिने सवै कुरा बताएर उनले मलाई पुर्ण रुपमा तयार बनाउनु भयो ।

त्यस दिन, म विद्यालयको पोशाक लगाएर पहिला विद्यालयमा नै गएँ । म सँगै अरु दुई मेरै विद्यालयका प्रतिस्पर्धी थिए । हामीले एक आपसमा शुभकामना साटासाट गर्यौँ। र हाम्री गुरुआमा देबु लुईटेल सँगै हामी तीनजना स्कुलको गाडीमा बसेर आयोजक विद्यालय निसर्ग वाटीकामा गयौँ । त्यहाँ पुगेर सुरुमा हामीले एउटा वर्कशप गर्यौँ । त्यहाँ हामीले अरु विद्यालयका विद्यार्थीहरू पनि चिन्ने मौका पायौँ । विभिन्न विद्यालय बाट पनि दुई÷तीन जना प्रतिनिधीहरू आएका थिए । त्यहाँको वर्कशपमा हामीले कथा तयार पार्नका लागि के के कुरा चाहिन्छ भन्ने बारे सिक्यौँ । र त्यसबाट हामीले कथाको विषयवस्तु , पात्रको स्वभाव र स्थान पनि छनोट गर्यौँ । त्यही बुँदाका आधारमा हामीले कथा तयार पार्नु पर्थ्यो ।

त्यसपछि केहि नास्ता खाएर हामीलाई कथा लेख्ने हलमा लगियो । सवैजना बेन्चमा बसेर कथा लेख्न तयार भयौँ । हामीलाई कथा लेख्न जम्मा १ घण्टा ३० मिनेट समय दिइएको थियो । मैले लामो श्वास तानेर कथा लेख्न सुरु गरेँ । मैले कस्तो कथा लेख्नेछु भनेर दिमागमा सोचीसकेकी थिएँ र नआत्तिकन मैले कथा लेखिराखेँ । मेरो कथा एक काल्पनिक कथा थियो र त्यसको शीर्षक ‘के हो त्यो आवाज’ थियो । १ घण्टा ३० मिनेट सकिसकेपछि मैले मेरो कथा बुझाएँ । कथा बुझाइसकेपछि मात्र मैले आन्नदको श्वास फेरेँ । त्यही दिन परिणाम त भनिएको थिएन तर पनि हामीले प्रतियोगितामा भाग लिएको प्रमाण पत्र भने पायौँ । केही फोटो खिचेर हामी फर्कियौँ ।

दिनहरू वित्दै गए र म त्यो कुरा विर्सदै पनि गएँ । र एक दिन विद्यालयमा मलाई गुरुआमाले परिणाम आउँछ भनेर महेन्द्र पुलिस कलवमा लग्नु भयो । त्यहाँ निसर्ग विद्यालयको एबचभलतक म्बथ भइरहेको थियो । केही कार्यक्रम पछि परिणाम घोषणाको समय आयो । मेरो मन निकै ढुकढुक भएको थियो । र तेस्रो स्थानमा मेरो नाम घोषणा भएछ । म निकै खुसी थिएँ । पहिलो पटक अन्तर विद्यालय प्रतियोगितामा भाग लिएर पनि तेस्रो स्थान प्रापत गर्नु मेरो लागि ठुलो कुरा थियो । जित र हार प्रतियोगिताको नै नियम हो भनेर मैले त्यस दिन बुझेँ ।
– नस्वा जोशी